पर्खी बस्नु होली खेल्न म नि त्यतै झर्छु सानु
थोरै रङ्ग तिमी छर्नु थोरै म नि छर्छु सानु
पहिले अरुसँगै बस्छु कुरो आफैँ बुझ्नु तिम्ले
खेल्दा खेल्दै म तिम्रै अघिल्तिर पर्छु सानु
हुन्न हुन्न भन्दै पर भागेजस्तो गर्नु तिमी
म पनि पछी पछी लखेटे झैँ गर्छु सानु
सबै खेलमै व्यस्त हुँदा कसैलाई थाहा नदिईकन
मायाको प्रेमको रङ्ग बोकी तिम्रै नजिक सर्छु सानु
थोरै रङ्ग तिमी छर्नु थोरै म नि छर्छु सानु