पर्खिएर बस्नु सानु सुन लिएर आऊँछु ,
धेरै बर्ष खान पुग्ने नुन लिएर आऊँछु ।
फ़ाटेका ति भित्ताहरू टाली राख्नु तिमी ,
रंग्याऊँन भित्ताहरू चुन लिएर आऊँछु ।।
बियोगका गीत बजाई रुंछौ भन्ने सुंछु ,
मिलनमा नाच्न मिल्ने धुन लिएर आऊँछु ।
फ़ाटी सक्यो होला तिम्रो मखमली चोली ,
जाडो गर्मी दुबै धान्ने ऊन लिएर आऊँछु ।
यथार्थ मै खुसिको त्यो जून लिएर आऊँछु ।