पसिनाका खोली खोल्सा, तरेको म मान्छे !
यी गहमा सधैँ आँसु, भरेको म मान्छे !!
जहर छर्नु पर्दो रै'छ, अमृत फलाउन !
त्यही काइदा जान्नेले, हरेको म मान्छे !!
कतै सुनैसुनको महल, कतै ओतै छैन !
झुप्रो छाप्रोबाट समेत, झरेको म मान्छे !!
धर्ती स्वर्ग हुने रै'छ, लुट्न सक्नेलाई !
नर्कै प्रिय ठानी यता, तरेको म मान्छे !!
इन्द्रेनीझैँ तिम्रो जीवन !कति सुन्दर जीवन !!
सायद ज्युनै नजानेर, मरेको म मान्छे !!