पशु बनि स्वास्नि मार्ने, क्रुर रन्जन कति छन
घर कि छाडी अर्कि चार्ने, क्रुर रन्जन कति छन
गुहार त्यो सुन्यो कस्ले, अधिकारका कुरा गर्छौ
जिन्दगीलाई खाग पार्ने, क्रुर रन्जन कति छन
सुरक्षा छ के भन्नु खै, त्यो बर्दि भित्रै अपराधि छन्
हत्याराले निर्धा खार्ने, क्रुर रन्जन कति छन
कानुनको ठेकदार भनि, अपराध गर्न छुट थियो की
अहमतामा आफै हार्ने, क्रुर रन्जन कति छन
दुनियाका आशु झार्ने, क्रुर रन्जन कति छन
पशु बनि स्वास्नि मार्ने, क्रुर रन्जन कति छन
घर कि छाडी अर्कि चार्ने, क्रुर रन्जन कति छन