पेट भर्नलाई की त काम हुनु पर्छ!
बोली मिठो या त सलाम हुनु पर्छ!
रात त्यसै रंगीन त कहाँ हुन्छ र!
मातै चढ़ने थोरै त जाम हुनु पर्छ!
असल कर्म गर तिमी लक्ष्य लीई!
अमरत्व पाउनलाई नाम हुनु पर्छ!
हावा चल्छ पात हल्लिन्छ किन?
बसेको त्यहाँ पक्कै राम हुनु पर्छ!
छातीमा चोटहरुको डाम हुनु पर्छ!