पिडै पिडा भए पछी छाती ,भत्भती जल्दो रहेछ,
जती निभाउन खोजे पनि ,दनदनी झन बल्दो रहेछ !!
जिन्दगीका यात्राहरुमा अडिग भई अघी बड्दै जादा,
कहिले काही लडाउने ,आधिहुरी चल्दो रहेछ !!
दु:ख पछी सुख यहाँ अब्स्य मिल्छ भन्थे मान्छेहरु,
भाग्य लेख्ने कुचिले नि ,खुसी लेख्न छल्दो रहेछ !!
फुल्दै देखी दुस्मन ले चिचिलो मै निमोठी फ्याके पछी
बोट मात्रै ठाडो हुने, फल कहाँ फल्दो रहेछ ?
सिन्की झै अमिलो भई ,जिन्दगिनै गल्दो रहेछ !!