पिरतीको गोरेटोमा डग्मगाए थोरै !
मुटु भित्र चोट लाग्दा छट्पटाए थोरै !
कैले सम्झी अतित ती अश्रु धारा छुटे,
कैले आफ्नै हाल देखी मुस्कुराए थोरै !
यात्रा रह्यो अधुरो नै तिमी सँग मेरो,
एक्लो यात्री जिन्दगीको लड्खडाए थोरै !
कती रात बिते यसै तिम्रै चित्र हेरी,
कती रात सपनी मा बर्बराए थोरै !
अबुझ यो मन मेरो बस् सम्झाए थोरै !
(पिरतीको गोरेटोमा डग्मगाए थोरै !
मुटु भित्र चोट लाग्दा छट्पटाए थोरै !)