पिरतिको गोरेटोमा, यस्तो ठेस लाग्यो !
टुट्यो मुटु रुनु भन्दा, हाँस्नु बेश लाग्यो !
टाढा भए साथी-संगी, अन्जान भो' सारा,
मै जन्मेको देश पनि, पर-देश लाग्यो !
(टुट्यो मुटु रुनु भन्दा, हाँस्नु बेश लाग्यो !)
ईश्वर को अदालत् मा, मुद्दा चल्यो मेरो,
दोषी उनी म माथी नै, उल्टो केश लाग्यो !
(टुट्यो मुटु रुनु भन्दा, हाँस्नु बेश लाग्यो !)
जल्यो सबै बाँकी यहि, अवशेस लाग्यो !
(टुट्यो मुटु रुनु भन्दा, हाँस्नु बेश लाग्यो !)
मागेको थे' दैव सँग, मात्र उन्कै खुशी,
वैरी भए म नै उन्को, कस्तो द्वेश लाग्यो ?
((पिरतिको गोरेटोमा, यस्तो ठेस लाग्यो !
टुट्यो मुटु रुनु भन्दा, हाँस्नु बेश लाग्यो !))
लय:
किन जुधे आँखा भन्थे, माया बस्न रै'छ !
किन बस्यो माया भन्थे, मुटु दुख्न रै'छ !