पिरतीको नाता हाम्रो छुटेरै पो छोड्यो आज ।
बेदनाका मुक्काले नै चुटेरै पो छोड्यो आज ।
संगै बाँच्ने संगै मर्ने बाचा थियो हाम्रो पनि
तर यहाँ नियती ले लुटेरै पो छोड्यो आज ।
देखे पछी आफ्नै सम्झी सपनाको घर बुनें
नलेखेकै रै'छ नाता टुटेरै पो छोड्यो आज ।
दुनियाँको नजरमा रुन्न भन्थें गर्थें तर
अंश्रुका ति मुहान नै फुटेरै पो छोड्यो आज ।
नरीक्तिने गरि लौन जुटेरै पो छोड्यो आज ।