पोहोर जस्तै यसपालीनि होलि खेल्ने रहर् थियो,
चारै तिर दाजुभाई छन्, तर मनमा जहर् थियो ।
रंग संगै उमंग थ्यो साथी भाईको जमघट् थियो
इन्द्रेणी झैं रंगी हिँड्ने खुसीको त्यो लहर् थियो ।
पानि बग्न छोड्यो नलमा बाल्टी पनि रित्तिएछ
बर्षा संग भिज्न खोजें ढलको पानि फोहर् थियो ।
बुढा बच्चा जाति धर्म मायाँ बाँडी झुम्न खोज्दा
बैंशिपनले भरिएको त्रासित् अन्जान सहर् थियो ।
चारै तिर दाजुभाई छन्, तर मनमा जहर् थियो ।