प्रगतिले लामा पाईला चाली रहुन् समीपमा
टीका अनि जमराको थाली रहुन् समीपमा ।
दुर्गामाता दाइना हुन् है लक्ष्मीले बास गरुन्
बाटैभरी फूलैफूलको डाली रहुन् समीपमा ।
खुसीहरू आउन् अनि दु:खहरु हराउन् ती
जताततै विजयका ताली रहुन् समीपमा ।
बिजयादशमीको आसिर्बाद यही मिलोस
इज्जत र सम्मानका लाली रहुन् समीपमा ।
सरस्वतीले तृप्त आसिष हाली रहुन् समीपमा ।