प्रजातन्त्र हटाउदै छौ, गणतन्त्र नि जान्छ होला
आज खाने तिम्रो पालो, भोलि त्यस्ले खान्छ होला
हिजो मर्ने पशु हैनन्, बग्या रगत पानि थिएन
यहि तिम्रो ठाडो आदेश, सधै कस्ले मान्छ होला
जनताको मुल्य छैन, कति गर्छौ मनोमानि
जनतामै छ अधिकार, भोलि अर्कै छान्छ होला
प्रतिशोध, निषेधको, किन खाल्डो गहिरो भो
ख्याल राख शहिदको, आत्माले के ठान्छ होला