प्रणयका रातहरु एकादेशकै कथा भए
यौवनका मातहरु एकादेशकै कथा भए
सिताराको घुम्टोबाट चियाउँदै सजाएका
माया प्रेमका खातहरु एकादेशकै कथा भए
नयनका इशाराले लजाउँदै गरेका ती
मीठा मीठा बातहरु एकादेशकै कथा भए
अधरको मिलनले संसार नै भुलाएका
रमाइला घातहरु एकादेशकै कथा भए
यौटै आत्मा यौटै मुटु बनाएर अङ्गालोमा
बाँधिएका हातहरु एकादेशकै कथा भए
प्रकृतिको "कोमल" सन्देश चारैतिर फैलाएर
हल्लिएका पातहरु एकादेशकै कथा भए