प्रेममा तगारो नौलो हैन, सृस्टि को उद्भव देखीनै छ
एउटा स्वयंम् को प्रेम कथा, यहाँ त अझैनी केरिनै छ
सजिलो जिउन कहाँ रछ, लडेर जिउनु पर्ने सधैं
आफ्नैले खनेको खाल्डो देख्दा, लाग्दैछ बाटोचै छेकिनै छ
साहारा विश्वाश उनी मेरो, फैसला दैबको सुन्नुनै छ
भबिस्य लेखेको छु मैले, स्वर्गमा मुद्दा त्यो पेसिनै छ
ध्रिस्टता देखेर डग्मगायो, हल्लियो इन्द्रादि सबै लोक
गरेको तिमीले पाँउने त, न्याय र निसाफ हो तिंनै छ
सदैब बनेर कर्म योगी, लेखान्त कर्मले मेटिनै छ
प्रेममा तगारो नौलो हैन, सृस्टि को उद्भव देखीनै छ
एउटा स्वयंम् को प्रेम कथा, यहाँ त अझैनी केरिनै छ