पुच्च-पुच्च नपार पिच्कारी,
जोबनमा दाग नदे बाँके बिहारी ।
गुँलाबमा तेजाब मिलाई गुलालको नाम नदे,
मीराले खोली पोल तेरो बाँके बिहारी ।
रसिला अङ्ग देखि कन्हैया त दङ्ग नपर्,
राधेलाई झै स्वाङ्ग नपार बाँके बिहारी ।
होलीमा चोली त भिजेकै छ सबैको,
मेरो चोलीको तुना नतान बाँके बिहारी ।
भो बासुरीको धुनले नभन मलाई पियारी ।