पुछिएको खालि सिउदो, त्यो हातले भर्न सक्छौ ?
सक्रुचित भावनालाई, परिवर्तन गर्न सक्छौ ?
पापि हैन भबितब्य, पर्न सक्छ जो कोहिलाई
साच्चै भन मर्ने सगँ, तिमि पनि मर्न सक्छौ ?
अलछिनि कर्महारा, नभनन मन रुन्छ
सान्तोनाले मन सेक्दै, यो दु खलाई हर्न सक्छौ ?
सधै भन्छौ ति आखा बाट, अश्रु गगाँ नबगाउ न
भन तिमि यि हात थामि, समाज अघि पर्न सक्छौ ?
सक्रुचित भावनालाई, परिवर्तन गर्न सक्छौ ?