पुर्बेली पश्चिमी स्याङ्गजाली खोजिरहेछु
बहुभाषी बहुजाति नेपाली खोजिरहेछु
चाहे जहाँको होस् जहाँसुकै रहोस
गण्डकी कोशी कर्णाली खोजिरहेछु
पहाड मधेश हिमाल सिच्याउँन
मेची भेरी महाकाली खोजिरहेछु
अन्नको भण्डार पौरखले सिगार्न
हलो जुवा लाठे र खेताली खोजिरहेछु
शान्तिको भुमि साँच्चै नै अपार छ
अनेकतामा एकताको तालि खोजिरहेछु