पुष्प चुंडी, पत्थर पुंजी, धर्म गरे भन्छ्यौ तिमी ?
भाग्य लड्यो पाउमा तिम्रो, कर्म गरे भन्छ्यौ तिमी ?
दर्पण मा बिम्ब हेर त, निर्वस्त्र छ देह तिम्रो,
हत्केला ले मुहार छोपी, शर्म गरे भन्छ्यौ तिमी ?
मेरो नाम निशानी सबै, राख पार्यौ जाली तिम्ले,
आगो मेरो मनमा बालि, गर्म गरे भन्छ्यौ तिमी ?
कस्यौ पैला प्रीतको डोरी, चुंडाएर गयौ अनि,
तिम्रो मेरो बिचको नाता, नर्म गरे भन्छ्यौ तिमी ?
के गरेर तिम्लाई मैले, मर्म गरे ?" भन्छ्यौ तिमी ?
शब्दार्थ :
पुष्प = फुल
दर्पण = ऐना, शिशा
बिम्ब = प्रतिबिम्ब, इमेज
शर्म = लाज-शरम
गर्म = गरम, न्यानो, तातो पार्नु
नर्म = नरम, खुकुलो
मर्म = हृदय मा हुने आघात