रगतले पोतिएका निर्दोस यो माटो हेर्यौं ।
दीपशिखा जलाएर शान्तिकै'ती बाटो हेर्यौं ।
शान्ति पूर्ण राष्ट्र देख्न कहाँ पायौं र हामीले
कठै! क्रान्ति मात्रै यहाँ त शान्तिको साटो हेर्यौं ।
व्यक्तिगत स्वार्थ पुरा गर्नालेनै यहाँ आज
भाई-भाई बिचको त्यो अनमन,फाटो हेर्यौं ।
बिचरा!यो राष्ट्र कति सहोस र चोट पनि
जता ततै अनगिन्ती घाउकै त्यो खाटो हेर्यौं ।
हिज देख्यौं जनयुद्द फेरी उही पाटो हेर्यौं ।