रहर हरु खुम्च्याई गयौ भन्नु केही छैन ।
केही बेर सुम्सुम्याई गयौ भन्नु केही छैन ।
सपना हजार देखाई त्यो सीसा सरी तोड़ी ।
पाऊमा त्यो बिछ्याई गयौ भन्नु केही छैन ।
बाचा कसम गरेर त्यो गयौ खोली तरेर ।
डूबाएर आफु ख्याई गयौ भन्नु केही छैन ।
हूँदा सम्म जेबमा कौड़ी पछाड़ी मेरो दौड़ी ।
पापिले रोडमा ल्याई गयौ भन्नु केही छैन ।
मेरो जीवन सिद्ध्याई गयौ भन्नु केही छैन ।