जोडिएका रहर फुल्छ झैँ लाग्छ, प्रीतको साथ पाए भने ।
छोडिएका प्रहर झुल्छ झैँ लाग्छ, मीतको रात छाए भने ।।
ओसिएका समय हुन्छ नै आश दिलको खास याम हुने ।
गोडिएका शहर खुल्छ झैँ लाग्छ, जीतको मात लाए भने ।।
बोलिएका अधर हुन्छ नै पास मनको सास नाम हुने ।
मोडिएका नहर डुल्छ झैँ लाग्छ, हीतको बात खाए भने ।।
खोसिएका बगर हुन्छ नै रास तनको मास काम हुने ।
फोडिएका जहर चुल्छ झैँ लाग्छ, रीतको जात धाए भने ।।
पोलिएका नगर हुन्छ नै लास धनको तास दाम हुने ।
तोडिएका लहर घुल्छ झैँ लाग्छ, हीतको पात गाए भने ।।