रक्सी मै शक्ति थियो भने बोतल हल्लाई दिन्थ्यो
स्वादै थियो अति मिठो भने पिउन सिखाई दिन्थ्यो
निको हुदैन कहिल्यै मनको घाउ पिएर नै यो जहर
औषधि नै थियो भने मुटुको पिडा मिटाई दिन्थ्यो
बिर्स्यो कसले लौ भन हे साथी चुर्लुम्मै डुबे पनि यही
पिएरै शान्ती मिल्थ्यो भने सम्झना हराई दिन्थ्यो
सर्वस्यै किन गुमाउनु यसमा अचुक औषधि सम्झी
झन् रुन्चे बनायो पिएर यसले किन हँसाई दिन्थ्यो
खाली भए कति बोतल टुटे फुटे गिलासै कति कति
पिएरै हलुको हुने थियो भने फेरि प्रिती लगाई दिन्थ्यो