रमिता त्यो दुनियाको, जात्रै भयो तिम्रो माया
लक्ष्यहिन गन्तव्यको, यात्रै भयो तिम्रो माया
भित्र भित्रै घात गर्दै, मलाई ठिक्क पारीरह्यौ
दुई दिनको देखावटी, मात्रै भयो तिम्रो माया
जुनिभर सगै जिउने, बाचा हो कि जस्तो लाग्यो
देख्दा राम्रो चलचित्रको, पात्रै भयो तिम्रो माया
यो मायाले जिउन हैन, बिष पिउन नि सिकाउछ
मरे पछि ओढाउने कात्रै, भयो तिम्रो माया