रंग छर्ने माया गर्ने होलीको मज्जा बेग्लै
प्रतिक्षामा बस्नु पर्ने भोलीको मज्जा बेग्लै
मिठो मिठो उन्को कुरा सुनेरै जाउँ लाग्छ
लजाउदै हाँस्दै बोल्ने बोलीको मज्जा बेग्लै
यौटा मात्रै मौका हो यो जीवन भरी लाई
लगन मा चढी जाने डोलीको मज्जा बेग्लै
भेट्न भनी मायालु ले कोशेली ल्यायो होला
कोशेली ले भरिएको झोलीको मज्जा बेग्लै
जवानी मा लगाउदा चोलीको मज्जा बेग्लै