रेशम धागे सारी अनि, मखमली चोली उन्को !
मेरो घरको, छेवै लागे, सजाएर डोली उन्को !!
दाइजो मागिन्, हाँस्दै-हाँस्दै, आँचल फैलाएर,
भरि दिए, आँशु सबै, रित्याएर झोली उन्को !
लाखौ गरे कोशिस मैले, भुल्न भनि उनि लाई,
बतास मा गुन्जिरन्छ, अझैपनि बोलि उन्को !
पिडा पर्दा घाऊ लाग्दा, याद मेरो गर्छिन् होलि,
संझी-संझी मेरो माया, बग्छ होला खोलि उन्को !
दैव गरोस्, चलिरहोस्, जुनी भरि होलि उन्को !