राष्ट्र भक्ति गीत हामीले,गाउनु पर्छ अब।
सबै मिली दिगो शान्ति,छाउनु पर्छ अब।
संस्कृति र भेषभुषाको,सम्मान गर्दै हामी
दौरा सुरुवाल,चौबन्दी चोली,लाउनु पर्छ अब।
अन्यायी र अत्याचारीलाई,निर्मुल पारेर यहाँ
शान्ति संग जिउने अधिकार,पाउनु पर्छ अब।
सुतेको त्यो बस्ति पनि,व्युउँजाउनु पर्छ हेर
चेतनाको बिज छर्न गाउँ घर,दाउनु पर्छ अब।
राष्ट्रको बिकाश गर्नलाई फर्की आउनु पर्छ अब।
~सोलु,लोखिम