राति सपनीमा, उनलाई देखेँ,
मेरो यो मनकी, जूनलाई देखेँ !
बत्तीसै लक्षणकी, कति विघ्न राम्री ?
बैगुन केही छैन, गुनलाई देखेँ !
उनीविना एक पल, पनि के बाँचुँला ?
मुटु हुँदै बग्ने, खुनलाई देखेँ !
कसरी भुलू खै, मनै हर्ने छुनमुन ?
सम्झी पागलतुल्य, हुनलाई देखेँ !