रातो गुलाब् हातमा हुन्छ कस्तो मोरो रै'छ भने
मैयाँ सधै साथमा हुन्छ कस्तो मोरो रै'छ भने
काँ काँ जान्छ के के गर्छ लबस्तरी ठिट्टो बन्दै
लाली जति माथमा हुन्छ कस्तो मोरो रै'छ भने
अनेक् स्वाँङ पार्छ बाबै धुर्तै रै'छ यो केटो त
जाली रुमाल् गाथमा हुन्छ कस्तो मोरो रै'छ भने
जो भेटे नि "मेरी रानी कति राम्री"भन्ने कुरा
ठेक्कै जस्तो वातमा हुन्छ कस्तो मोरो रै'छ भने
देख्नलाई सोझो देख्छ कान्छो छोरो दिनैभरि
चर्तीकला रातमा हुन्छ कस्तो मोरो रै'छ भने