हृदयको कुना भरी, गढे जस्तै लाग्यो माया
हिजोभन्दा आज झनै, बढे जस्तै लाग्यो माया
कोहि भन्छन् प्रेम भन्नु, फोहोरको थुप्रो हो रे
मलाई भने हिरा मोती, जढे जस्तै लाग्यो माया
एकान्तमा टोलाउदै, हिड्दा तिम्रै सम्झनामा
ठेश लाग्दा तिम्रै काखमा, लढे जस्तै लाग्यो माया
आकाशका जुन तारा, सङ्गै टिप्न तिमी र म
पिरतीको एउटै सोपन, चढे जस्तै लाग्यो माया
इतिहासमा प्रेम कथा, पढे जस्तै लाग्यो माया