रिसाएर बसें भने साडी ल्याउँछु भन्छ
मेरी रानी पिरतीको बाढी ल्याउँछु भन्छ
जिस्काएर कहिलेकाँहि जान्न कतै भन्दा
कस्तो बाठो छ कि आम्मै गाडी ल्याउँछु भन्छ
मदिराले धुत्त भैइ आउँदा ठुस्स पर्छु
नरिसाउ तिम्रो लागि ताडी ल्याउँछु भन्छ
यस्तो छैन उस्तो छैन अभाव देखाउँछु
किन गर्छौ पिर तिमी खाडी ल्याउँछु भन्छ
जस्तै दु:ख कष्ट पनि माडी ल्याउँछु भन्छ