रिसाएर नबोल्नेलाई ठुस्काउँन, कति मजा ?
भड्खारोमा पारेपछि मुस्काउँन, कति मजा ?
बाचाकसम कतिकति, सर्बेसर्बा आफै हुने
गर्छुगर्छु, भन्दाभन्दै, छुस्काउँन कति मजा ?
समस्याका पहाडहरु जल धाराका फुलौरा रे
सबै सामु ठिक्क पार्दै, फुस्काउँन कति मजा ?
आफ्नो दुनो सोझाएसी लथालिंग पार्दै अनि
सबै कुरा ठिक्क भन्दै, लुस्काउँन कति मजा ?
मरे छोड्नु हुन् भन्दै, उस्काउन न कति मजा ?
अति मात्र भए हुन्थेयो अत्त्याचारै परे पछी
जेलै जानु परोस बरु, खुस्काउँन कति मजा ?