रित्तिएको आत्मा साँचे, तिम्ले यात्रा मोडे पछि
टुक्रिएको मन गाँसे, अन्तै नाता जोडे पछि
चाँदनी नै रोएको थ्यो पागलपन मेरो देखि
आफैं भित्र मृत्यु दाँजे,तिम्ले बाचा तोडे पछि,
अन्तिम सास छुट्छ कि त तिम्रै नाम जपि-जपि
कयौं पल्ट मरी बाँचे, तिम्ले साथ छोडे पछि
संगालेर दर्दहरु अश्रु प्याला पिँउ कति
मद्होसी भाई नाँचे, मेरो मुटु फोडे पछि,
कल्पनामा औंला भँचे, पराइ घुम्टो ओढे पछि