रोडमा आँखा झिम्क्याकोचाही मन परेको अरे
एउटा फूल दिएकोचाही माया गरेको अरे
घरमा आँखा छलिछली भेट्न जानेचाही डेटिङ
अङ्गालोमा कसिएकोचाही भर परेको अरे
एक पल्ट भेटेपछी सबैकुरा मिलिहाल्यो
च्वाप किसनै गरेकोचाही बाचा गरेको अरे
फ्लिमहल र गेस्ट हाउस धाउन थालेकोचाही
साथीभाइले गरेजस्तै रोमान्स गरेको अरे
अब बोलचाल बन्द भयो ब्रेक गरेको अरे