रोएर नै यो जीन्दगी जाने भो त सानु ।
गैरी खेत साहुँले नै लाने भो त सानु ।।
तिम्रै साथ नहुँदा पो सम्झी एकान्तमा,
मेरो मुटू कुटू कुटू खाने भो त सानु ।।
जूनी भरी मरि मेटे खुसी नमिल्ने भो,
सुख जती धनीको नै ठाने भो त सानु ।।
उदेश्य खै के लिनु र उडी चन्द्र छुने,
इच्छाहरु अब देखी बाने भो त सानु ।।
छाति माथी आफै तिर हाने भो त सानु ।।
गुलामी भै बाँच्नु भन्दा सँधै जूनीभरी,
आँखा चिम्ली जहर त्यो ताने भो त सानु ।।