रुझि सकेपछि, छाता किन ओड्नु पर्यो?
छोडि गएपछि, नाता किन तोड्नु पर्यो?
हिजो सम्म संगै थियौ, एउटै थियो बाटो ।
बाटो मोडेपछि किन, चुरा फ़ोड्नु पर्यो?
खालि सिउदो रंग्यौदा, अग्नि साक्षि थियो ।
पराइ रोजि गएपछि, सिंदुर किन घोट्नु पर्यो?
सुखसयल दिएकै थे, अप्सरा झै राखेकै थे ।
अंतिम पल्ट बोलाएर, किन भेट्नु पर्यो?
छोडि गएपछि नाता, किन तोड्नु पर्यो?