रुन्छु सधै तिम्रो याद , रातमा आएपछि
बिरहले लेख्या चिठ्ठि , हातमा आएपछि
बिपनामा तिमी धेरै ,टाढा भए पनि
सपनिमा मुस्काउदै , साथमा आएपछि
हृदयमा लेखिएको एउटा , तिम्रै नाम छ
त्यहि नाम मेरा हर, बातमा आएपछि
मया भुल्ने खुबि छैन , मर्न सकिएन
मन मिले नि कुरा फेरी ,जातमा आएपछि
जता हेर्यो तिमी देख्दा , हिड्नै छाडि दिए
तिम्रै रुप शितमा टल्कि , पातमा आएपछि