रुप हेर्दा लाग्छ चिल्लो दाल जस्तो ।
रै'छ आत्मा कुहिएको माल जस्तो ।
गरि मायाँ गर्छु भन्छौ गरि खै के,
गर्छौ कुरा मस्ति बिग्र्या हाल जस्तो ।
पाईलाई पिच्छे मायाँ फेर्दै हिंड्ने,
बानि तिम्रो व्यापारीको चाल जस्तो ।
व्यर्थै मलाई अल्जाएर राख्ने कठै !,
तिम्रो मायाँ माकुराको जाल जस्तो ।
कति रुनु वियोगमा, रुँदा - रुँदा,
भयो आँशु छोरोल्पाको ताल जस्तो ।