र्याल झार्दै मुखबाट, पोखिएर बाँच्नेहरु!!
गाई मारि गँहुतमा, चोखिएर बाँच्नेहरु!!
अझै कत्ति गरिरन्छौ, बलात्कार जननिको,
लालचाको तराजुमा, जोखिएर बाँच्नेहरु!!
घुम्ने मेच अन्धो मान्छे, टाँसिएर बसेको छ,
आफ्नै छाँया सँग, आफै ठोक्किएर बाँच्नेहरु!!
रङ्ग मञ्च तताउँछ, नामर्दले चिच्याउदै,
अघिपछि पाउ सार्दै, रोकिएर बाँच्नेहरु!!