साथी तिम्रो बिरोधमा म उठेको छैन ।
तिम्रो खुट्टा तान्नलाई म जुटेको छैन ।।
मत सोच्छु जहिल्यै नि सबैको भलो ।
तिम्रो छात्ती दुखाउन म फुटेको छैन ।।
तिमी सक्छौ अघि बड्दै प्रगती गर्नु ।
तिम्रो न्यानो साथ देखी छुटेको छैन ।।
तिम्रोलागी साथी ज्यान दिनेछु बली ।
हाम्रो चोखो अमर नाता टुटेको छैन ।।
हाँस्न सक्छौ मैले खुशी लुटेको छैन ।।
साथी तिम्रो बिरोधमा म उठेको छैन ।
तिम्रो खुट्टा तान्नलाई म जुटेको छैन ।।