सायद चोट उस्तै छ, तिम्रो र मेरो ।
अनि अठौट उस्तै छ, तिम्रो र मेरो ।।
रुँदैछ्यौ तिमि, म रोएर थाकेको छु,
पत्झर बोट उस्तैछ, तिम्रो र मेरो ।।
तिमि र मैले गरौँ, सहयात्रा अब,
लाग्छ छनौट उस्तै छ, तिम्रो र मेरो ।।
आफ्नो कर्मले, ठगिएको दुई आत्मा,
कर्मम खोट उस्तै छ, तिम्रो र मेरो ।।
जोडौ बनौट उस्तै छ, तिम्रो र मेरो ।।