सबै भन्छन यहाँ मैले हास्नै हुन्न रे,
कोही सङ्ग नाता मैले गास्नै हुन्न रे ।।
सुनगाभा झै यहाँ सुबाश छरी बास रोज्न,
मनमिल्ने मझेरीमा मैले फुल्नै हुन्न्न रे ।।
जुनकिरी झै यहाँ छुटिएको साथ खोज्न,
रात को अन्धेरीमा मैले डुल्नै हुन्न रे ।।
बिछोड को शन्तापमा यहाँ मन भुलाउन,
गीत पन्धेरि मा मैले गाउनै हुन्न रे ।।
चोखोमाया सल्लेरीमा मैले लाउनै हुन्न रे ।।