केहि छैन मिठो तिम्रो साथ बिना !
सबै हुन्छ तितो तिम्रो मात बिना !!
फुल जस्तै रुप आहा केश राम्रो !
छन् चित्र मनमा तिम्रो याद बिना !!
चाँप फुल्ने तन आहा गोरी मोरी !
मन छुन्छ तनले तिम्रो रात बिना !!
जुन खुल्ने मन आहा राम्री प्यारी !
आँत जल्छ मेरो तिम्रो घात बिना !!
धर्ति खुल्छ जस्तै आहा हाँस्दा उनि !
दिप जल्छ नयनको तिम्रो जात बिना !!