शब्द भित्र खोजे मैले तिम्रा मनका रहर यहाँ
ध्यान भित्र रोजे मैले तिम्रा तनका लहर यहाँ ।।
उर्लिन्छ मायाको खहरे जब रोकिन्छ सुन्य लाग्छ
काम भित्र सोचे मैले तिम्रा योवनका नहर यहाँ ।।
बतासिंछ मनका बेगहरु सम्हाल्न गारो लाग्छ
नाम भित्र भोगे मैले तिम्रा जोवनका कहर यहाँ ।।
रोकिन्न चाहनाका हुरिहरु खुल्दुलिमा रात जाग्छ
खाम भित्र पोखें मैले तिम्रा जीवनका प्रहर यहाँ ।।
पोखिन्छ आँशुका धाराहरु तिम्रै यादमा डुबी रुँदा
जाम भित्र बोके मैले तिम्रा दर्शनका शहर यहाँ ।।
ध्यान भित्र रोजे मैले तिम्रा तनका लहर यहाँ ।।।