साँच्चै भन्छु गणतन्त्र घाँडो हुँदैछ!
नेतालाई कमाई खाने भाँड़ो हुँदैछ!
बुझेकाछौ कुन हालमा देश छ यो?
अन्जान बन्दैछ लाटो गाँडो हुँदैछ!
चुसी सक्यौ चुस्नु देश अनी जनता!
चाहिंदा भाँड़ो नचाहिंदा ठाँडो हुँदैछ!
स्वार्थ मन बनाएछौ यही माया हेर!
बिझेन अब आँखाको काँडो हुँदैछ!
त्यही पैसा प्रेम छेक्ने डाँडो हुँदैछ!