साच्चै मलाई घुमाउन, बन्दिपुर लान्छौ भने
पक्का जान्छु उकालिमा, हात समाई तान्छौ भने
सुन्तलाका बोटै कति, फल्दा पाखा झनै राम्रो
टिपि दिउला यि हातले, छोडाएर खान्छौ भने
यो मनका सारा कुरा, आजै भनु जस्तो लाग्यो
मर्स्याङ्दीको त्यो तिरमा, बस्न यदि मान्छौ भने
त्यो छालले किनारालाई, छुदै सुट्ट भागे जस्तो
परै बस्छु नजरले, मैलाई तिर हान्छौ भने
छोटो यात्रा तिम्रो मेरो, खै कसरी छुट्ने होला
जान्छु म नि ति कालिका, दर्शनलाई जान्छौ भने
स्विकार्ने छु तिम्रो माया, साच्चै मलाई छान्छौ भने