सडकमा ढुङगा हान्नेकै बजार छ
प्रगतिमा खुट्टा तान्नेकै बजार छ ।
यतापट्टी ल्याप्प उतापट्टी चर्याप्प
राजनीति गर्न जान्नेकै बजार छ ।
बिकास त मट्ठ भएको धेरै भो
बाउबाजेको बिडो धान्नेकै बजार छ ।
रातारात मान्छे करोडपति हुन्छ
चम्चागिरी पेसा मान्नेकै बजार छ ।
घरिघरि मौका छान्नेकै बजार छ ।