सधैँभरि मेरै बाटो हेर्छे मेरी सोमकुमारी,
फूलको शय्या फूलैफूलले घेर्छे मेरी सोमकुमारी ।
न छ कुनै झर्कोफर्को, न त कुनै आनाकानी,
अह्राएको थपथप टेर्छे मेरी सोमकुमारी ।
आँट दिन्छे,साहस दिन्छे, बाँच्न मलाई ढाडस दिन्छे,
भावनाको कटारीले दुस्मन सेर्छे सोमकुमारी ।
सुख होस् या दुःख होस्, कुनै सरोकारै छैन,
सप्तरङ्गी इन्द्रेनीको रङ्ग फेर्छे सोमकुमारी ।
साँझपख अँगालोमा बेर्छे मेरी सोमकुमारी । ।