सधै बिश्वास गर्ने भए दिप दर्शन तिम्रै
प्रिती कै बिज छर्ने भए दिप दर्शन तिम्रै
सधै बास दिन्छु प्रिय दिलको ढोका खोली
दिलमा डेरा सर्ने भए दिप दर्शन तिम्रै
राखेको छु खाली मैले यो यौवन तिम्रै लागी
खाली ठाऊ छ भर्ने भए दिप दर्शन तिम्रै
पीडाका ति भेलहरु हातमा हात समाई
सँगै जँगार तर्ने भए दिप दर्शन तिम्रै
मेरै भरमा पर्ने भए दिप दर्शन तिम्रै