सद्भावको फूल माला, चढाएर आओस् दसैँ
आपसमा माया प्रीति,बढाएर आओस् दसैँ
घर बारी साहुलाई छोडी,चाड बाड मान्नु पर्ने
विकृतिलाई चोरऔँला,ठड्याएर आओस् दसैँ
देश हाम्रो नेपाल हो,नेपाली नै सबको जात
ठूलो सानो विभेदलाई,सडाएर आओस् दसैँ
हत्या,हिंसा,बलत्कार, जाल,झेल,लूट,चोरी
अन्याय र अत्याचार, डढाएर आओस् दसैँ
सबैलाई नैतिकशिक्षा,पढाएर आओस् दसैँ