सड्यन्त्रको खेती गर्न छोडी देउ ।
राष्ट्र लुट्ने तिम्रो लक्ष्य तोडी देउ ।
विध्वंसको मार्ग कति रोज्छौ कठै!
जनताका टुट्या आशा जोडी देउ ।
नेपालीको पसिना त्यो लुट्नु भन्दा
असक्तले ला'को खेती गोडी देउ ।
भ्रष्टाचार मात्र कति गर्छौ दुष्ट ?
दु:खी माथि नजर त्यो मोडी देउ ।